संस्थाले समय सापेक्षा डिजिटल बैंकिङ सेवा अन्तर्गत जस्तै मोबाइल बैंकिङ्ग, एसएमएस, QR, लगायतका प्राविधिमुलक सेवाहरू प्रवाह गर्दै आइरहेको छ ।
वर्तमान समयमा डिजिटल प्रविधिको उच्च माग भइरहेको छ । हामीले हाम्रा सदस्यहरूका लागि एन्ड्रोइड र आईओएस प्लेटफर्ममा मोबाईल एप्लिकेशन उपलब्ध गरेका छौ । एप्लिकेशनबाट प्रयोगकर्ताले "कहीं पनि, कुनै पनि समयमा" सुरक्षित रूपमा अधिकतम युटिलिटि भुक्तानी, सहकारी टु बैंक ट्रान्स्फर, वालेट लोड, ट्रान्सफर लगायतका अनलाईन कारोबार गर्न मोबाइल बैंकिङ सेवाल सहज र सजिलो बनाउनेछ ।
विषेशताहरूः
- खाता जानकारी, ब्यालेन्स इन्क्वायरी, मिनी स्टेटमेन्ट
- सहकारीमा भएको खाताहरू बीच आन्तरिक फन्ड ट्रान्स्फर
- सहकारी टु बैंक ट्रान्स्फर
- मोबाइल रिचार्ज र टप-अप
- टिभी र इन्टरनेट बिल भुक्तानी
- बिजुली र पानीको बिल भुक्तानी
- बीमा प्रिमियम भुक्तानी
- आन्तरिक हवाई टिकट
- वालेट लोड
- QR Merchant payment Etc.