संस्थाको पृष्ठभुमीः
समुदायमा छरिएर रहेको वित्तिय स्रोतलाई संकलन गरि आँफैभित्र आफ्नै समुहका सदस्यहरुको वित्तिय आवश्यकता परिपुर्ति गर्ने मुख्य उद्धेश्य राखि तत्कालिन मंगलपुर गाविस वडा नं. ३ बाट रामजी घिमिरेको सक्रियतामा ७ बाट मासिक ५०० बचत गर्ने गरि सिर्जनशिल बचत समुहको शुरुवात गरिएको थियो ।
"नियमित बचत समृद्ध भविस्य" भन्ने मूल नारा सहित संस्थामा संलग्न सदस्यहरुको बीच स्वावलम्बन,पारस्पारिक सहयोग एवं मितव्ययिताका भावना अभिबृद्धि गरि बचत गर्ने बानिको विकास गरि सदस्यहरुमानै वित्तिय आवश्यकता परिपुर्तिका लागि ऋण लगानी गरि आयअर्जन बृद्धि गर्दै स्वरोजगार बनाउने प्रमुख उद्देश्य राखी बचत शुरु गरेको करिव ४ बष पछि मिति २०६४ असोज १ गते तत्कालिन चितवन जिल्ला प्रशिक्षण तथा डिभिजनकार्यलयबाट साविक मंगलपुर गा.वि.स. कार्यक्षेत्र रहने गरि श्री मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट दर्ता नं. ७३८ कायम गरि विधिवत वित्तिय सहकारीको रुपमा दर्ता भई औपचारिक रुपमा मंगलपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको थियो ।
सहकारी दर्ता गर्दा ३७ जना बाट रु १५,००० का दरले शेयर जम्मा ५,५५,०००।०० शेयर लगानीबाट प्रारम्भ गरिएको संस्थाले मिति २०६५ मंसिर १ गतेबाट आफ्नो छुट्टै कार्यलय संचालन गरि मिति २०६८ असोज १ गतेबाट दैनिक बचत लगाएत अन्य विभिन्न बचत सेवाहरूको उत्पादन गरि सदस्यहरुलाई दिइरहेको सेवामा विस्तार गरि हाल १२ प्रकारका बचतका उत्पादनहरू र १३ प्रकारका ऋणका सेवाहरु प्रवाह गर्दै आइरहेको छ । १० धुर क्षेत्रफलमा निर्मित २ कोठा सहितको भवन खरिद गरि मितिः २०७३ जेष्ठ १ गतेबाट आफ्नै भवनबाट सेवा प्रदान गरेको छ । संस्थाको हाल ४० जना सिट क्षमताको तालिम हल, अलग अलग विभाग, सहितको सुविधा सम्पन्न आफ्नै ३ तले भवनबाट आफ्ना २७०० भन्दा बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
चितवन जिल्लामा आ.व. २०७३-०७४ मा उत्कृष्ट अध्यक्ष, आ.व. २०७५-०७६ मा उत्कृष्ट सहकारी संस्था र आ.व. २०७८-०७९ मा उत्कृष्ट व्यवस्थापकबाट सम्मानित भएको यस साकोसले सहकारी सिद्धान्त र मूल्य मान्यता अनुरुप आफ्नो वित्तिय कारोबार संचालन गरि सदस्यको आर्थिक सक्षमताको विकास, अत्मनिर्भर,व्यवसायी र स्वरोजगार बनाउन सहयोगीको भूमिकामा रहि समुदायमा विभिन्न गैह्र वित्तिय सेवाहरु र सामुदायिक विकासका कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।
सदस्यहरूको वित्तिय आवश्यकताहरु पुरा गर्ने मुख्य उद्धेश्य राखि मिति २०७९ बैशाख २५ गतेबाट भरतपुर महानगरपालिका वडा नं. ३ नारायणगढको शहिदचोकमा पहिलो सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ भने महानगरपालिकाको अन्य वडाहरुमा पनि निकट भविष्यमानै सेवा केन्द्र विस्तार गर्ने जाने योजना रहेको छ । संस्थाको संस्थागत पूँजी मजबुझ रहेको छ । संस्थामा उत्कृष्ट सुशान र प्रतिस्पर्धि स्थान हासिल गर्न २०७५ साल देखि नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) द्धारा संचाललित स्तरिकरण कार्याक्रम (PROBATION) मा सहभागिता भएको समुदायमा आधारित एक उत्कृष्ट सहकारी संस्था हो ।